ताजा अपडेट »

टिन लिडर-२०७६ को उपाधि श्रृष्टिलाई

आइतबार, १८ फागुन २०७६, ०९ : ०५
8 Shares


बुटवल । प्रदेश स्तरीय ‘टिन लिडर–२०७६’ को उपाधि सिद्धार्थ ई.बोर्डिङ्ग स्कूूल, तिलोत्तमामा अध्ययनरत श्रृष्टि थापाले जितेकी छन् । शनिबार बुटवल स्थित सिद्धार्थ कटेजमा सम्पन्न ग्राण्ड फिनालेमा उत्कृष्ट १० अन्तर्गतका ९ प्रतिष्पर्धीलाई पछाडि पार्दै उनले उपाधि चुमेकी हुन् । प्रतियोगितामा कालिका मानव ज्ञान मा.वि.बुटवलमा अध्ययनरत सुष्मा खनाल फ्रस्ट रनर अप भइन् भने साइ ग्लोबल भैरहवामा अध्ययनरत स्मृति भुसाल सेकण्ड रनर अप भइन् । उनीहरुले उपाधिसँगै क्रमशः नगद ५१ हजार,१५ हजार र १० हजार प्राप्त गरेका छन् । इन्टेलेक्ट एजुकेशनल इन्स्टिच्यूशन प्रा.लि. को आयोजनामा भएको कार्यक्रमको ग्राण्ड फिनाले इन्स्टिच्यूशनका अध्यक्ष दिपक रोका र उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा भएको हो ।

सो अवसरमा प्रमुख अतिथि मन्त्री गिरीले यस्तो किसिमको प्रतियोगिताले विद्यार्थीहरुको अन्तरनिहित क्षमताको पहिचान,प्रस्फुटन र विकासमा टेवा पुर्याउने बताउँदै कार्यक्रमले युवा नेतृत्व र सकारात्मक सन्देश दिने बताए । पहिलो पटक सम्पन्न प्रतिायेगिता उत्साहजनक र भव्य रुपमा सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष रोकाले बताए । फिनालेमा वरिष्ठ सञ्चारकर्मी दिनेश डि.सी., प्रध्यापक डाः जिवलाल सापकोटा, स्तम्भकार तथा अधिकारकर्मी बिना झाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विभिन्न विद्यालयहरुबाट ३० जना भन्दा बढी सहभागि प्रतिष्पर्धीहरु बीच विभिन्न राउण्डमा प्रतिष्पर्धा गराई उत्कृष्ट १० जनाबाट विजेता र उपविजेता छनौट गरिएको कार्यक्रमका व्यवस्थापक तथा सञ्चालक राज के.सी.ले बताए । प्रतियोगितामा लोकसेवा आयोगका प्रतिनिध , विभिन्न शैक्षिक व्यक्तित्व, सञ्चारकर्मी , लगाएतको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।