ताजा अपडेट »

पुनः बिक्री भयो सौर्य एयरलाइन्स , भारतीय कम्पनीद्वारा ६२ करोडमा खरिद

विहीबार, ०९ फागुन २०७५, ११ : ११
6 Shares

फागुन ९,

काठमाडौं । सौर्य एयरलाइन्स फेरि बिक्री भएको छ । केही समय अघि गैरआवासीय नेपालीले किनेर चलाउन नसकी बन्द भएको सौर्य एयरलाइन्स फेरि बिक्री भएको हो । सौर्यलाई अहिले भारतीय कम्पनी कुबेर ग्रुपले ६२ करोड रुपैयाँमा किनेको हो ।

नेपाली साझेदारसँगको साझेदारीमा पूर्ण स्वामित्व किनेको सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए। स्थापना भएको चार वर्षमै एयरलाइन्सको अहिलेको व्यवस्थापन बिक्री गर्ने निष्कर्षमा पुगेको हो। एयरलाइन्स बिक्री सम्बन्धि हस्ताक्षर भइसकेको र रकम भुक्तानी हुनमात्र बाँकी रहेको छ।

जेट इन्जिन भएका जहाजबाट आन्तरिक हवाई सेवा सुरु गरेको एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा परेको थियो। अपेक्षित बजार लिन नसकेपछि सञ्चालन नोक्सानी बढ्दै जाँदा बैंकको व्याज, कर्मचारीलाई तलब र इन्धनको बक्यौता नै धेरै हुन थालेपछि उडान कटौती गर्दै आएको थियो।

गएको साउनमा चीनमा व्यापार व्यवसाय गर्दै आएका श्याम अधिकारीलाई ६१ करोडमा बिक्री गरिएको थियो । क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरले बनाएका सिआरजे–२०० जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा नियमित उडान गरिरहेको सौर्यले पछिल्लो समय एउटा मात्र जहाजबाट उडान गरिरहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।