ताजा अपडेट »

सुनको भाउ ५ वर्षयताकै महंगो

बुधबार, ०८ फागुन २०७५, १९ : १७
14 Shares

फागुन ८,
काठमाण्डौं ।आज सुन तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । हिजो ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको हो ।

यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि घटेर तोलाको ४७ हजार रुपैयाँसम्म झरेको सुनको भाउ केही महिनादेखि बढेर आज २०७० साल भदौ १२ गतेकै मूल्य पुगेको महासंघले जनाएको छ  ।

हिजो प्रतिऔंस १३ सय २५ डलरमा कारोबार भएको सुनको भाउ आज १८ डलरले बढेर प्रति औंस १३ सय ४३ डलर कायम भएको छ । डलर कमजोर भएपछि सुनमा लगानी गर्नेको संख्या बढेपछि भाउ महंगो भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।