ताजा अपडेट »

जीप दुर्घटना अपडेट : ४ जनाको मृत्यु, ८ जना घाइते

बुधबार, ०८ फागुन २०७५, १० : ५०
8 Shares

बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका वडाध्यक्ष विजय शर्माले जानकारी दिए । विद्यार्थी तथा अभिभावक बोकेको जीप जनकल्याण माविको वार्षिकोत्सव मनाएर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा करिब १५ जना यात्रु रहेका थिए ।

घाइतेको उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ । जीप सडकदेखि करीब ७०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।