फागुन ७,
ग्लोबल आवाज
बुटवल । । आज ६९ औं प्रजातन्त्र देशभर मनाइँदैछ। जहाँनिया राणाशासनको अन्त्य गरी स्थापना भएको प्रजातन्त्र विशेष कार्यक्रम गरी स्मरण तथा मनाउँदै आइएको छ । यसै अवसरमा प्रजातन्त्रका लागि आफ्नो प्राणको आहुती दिने वीर सहिदहरुलाई पनि विशेष रुपमा सम्झना तथा सम्मान गरिन्छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस–२०७५ को अवसरमा संघीय,प्रादेशिक र स्थानीय सरकार सबैले विशेष कार्यक्रम गर्दै छन् । मुलुुक संघीय गणतन्त्रमा अघि बढिरहँदा लोकतन्त्र र गणतन्त्रमा अभ्यासरत रहँदा तत्कालिन वि.सं.२००७ को महत्व र मर्मपनि उत्तिनै महत्वपूर्ण र अनुकरणीय छ ।
प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टँुडिखेलमा विशेष समारोहको आयोजना गरिँदै छ । विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी र विशिष्ट अतिथिका रूपमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनेछन् । त्यस्तैं, शहीद दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित उक्त विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले विगतको परम्परालाई परिवर्तन गरी यसवर्षबाट शान्तिका दूत परेवाजोडी सैनिक जवानलाई नै उडाउन लगाउने निर्णय गरेको जानकारी मूल समारोह आयोजक समितिले दिएको हो । वीर शहीदहरुप्रतिको सम्मानमा बिहान सूर्योदयसँंगै सेनाले बिगुल (रिभ्याली) बजाउने, तोप र बन्दुक पड्काएर बढाइँ गर्ने कार्यक्रम रहेको मूल समारोह समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका सचिव प्रेम राईले बताए ।
प्रजातन्त्र प्राप्तिका लागि ज्यान आहुति दिने ज्ञात अज्ञात शहीदहरुप्रति उच्च सम्मान र श्रद्धान्जलि अर्पण गर्न सैनिक हेलिकप्टरबाट पुष्पबृष्टि तथा बेलुन उडाइने छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटका छात्रछात्राहरुले मार्चपास परेड प्रदर्शन गर्ने छन् । उपत्यकाको तीनवटै जिल्लाका महानगरपालिका र नगरपालिकाबाट सहभागी विभिन्न जातजाति र समुदायको रहनसहन तथा सांस्कृतिक पहिचान झल्किने भेषभूषा र पोशाक सहितको सांस्कृतिक झाँकीहरु प्रर्दशन गरिने छन् । सेना, प्रहरी र सशस्त्र प्रहरी ब्यान्डहरुले राष्ट्रिय गीत तथा सङ्गीत र ब्यान्ड बाजाहरु प्रदर्शन गर्ने छन् ।
त्यस्तैं, विभिन्न देशमा रहेका दूतावास र महावाणिज्य दूतावासहरुलाई पनि विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन सरकारले यसअघि नै निर्देशन दिइसकेको जानकारी गृहमन्त्रालयले दिएको छ ।
प्रदेश सरकार तथा स्थानीय निकायहरु (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) लाई प्रजातन्त्र दिवस भव्य रुपमा मनाउन बृहत् सरसफाई, साहित्यिक गोष्ठीका अतिरिक्त विशेष किसिमका औपचारिक तथा अनौपचारिक कार्यक्रम आयोजना गरी मनाउन निर्देशन दिएको छ ।
त्यस्तैं, विभिन्न देशमा रहेका दूतावास र महावाणिज्य दूतावासहरुलाई पनि विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन सरकारले यसअघि नै निर्देशन दिइसकेको जानकारी गृहमन्त्रालयले दिएको छ ।
प्रदेश सरकार तथा स्थानीय निकायहरु (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) लाई प्रजातन्त्र दिवस भव्य रुपमा मनाउन बृहत् सरसफाई, साहित्यिक गोष्ठीका अतिरिक्त विशेष किसिमका औपचारिक तथा अनौपचारिक कार्यक्रम आयोजना गरी मनाउन निर्देशन दिएको छ ।
यता प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि प्रजातन्त्रदिवसको अवसरमा शुभकामना दिएका छन् । मुुख्यमन्त्री पोखरेलको शुभकामना जस्ताको तस्तै …
आजनिरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीयशासनव्यवस्था अन्त्यभई लोकतान्त्रिकशासन व्यवस्था शुभारम्भ भएको दिनहो । यस अवसरमा सम्पूर्ण नेपालीदाजुभाइ, दिदीबहिनीहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामनाव्यक्तगर्दछु ।
यस ऐतिहासिकअवसरमा म नेपालको वामतथालोकतान्त्रिकआन्दोलनमाआफ्नो अमुल्यजीवनआहुतीदिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनकाक्रममाघाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मानव्यक्तगर्दछु ।
नेपालीजनताको लामो संघर्ष र बलिदानले नै निरकुंश, जहाँनिया र तानाशाहीशासनव्यवस्थाको अन्त्यभई लोकतन्त्रको स्थापना भएको हो ।फक्रदै गरेको लोकतान्त्रिक व्यवस्था लामो समय जोगिन सकेन्,अन्ततःमुलुक पुनःतीनदशक तानाशाही पञ्चायती व्यवस्थाको अध्याँरोमा डुब्यो ।
२००७ सालमा प्राप्त प्रजातन्त्रको जगमा हुर्र्किएको पुस्ताले नै पञ्चायतविरोधीआन्दोलन अघि बढाउँदै लग्यो । अन्ततःपञ्चायतीव्यवस्थाको अवसान भयो ।अहिलेकोसंघीय लोकतान्त्रिक गणतन्त्रको जगपनि २००७ सालदेखि बसेको हो । त्यसबेला उठेको संविधानसभाको माग२०६२/०६३को जनक्रान्तिपछि पुरा हुन संभवभयो । र, संविधानसभाबाट नयाँ संविधानजारी भएको छ ।
अब प्राप्त उपलब्धिको रक्षागर्दै जनआकांक्षा पूरा गर्ने दायित्वलाई गंभीरतापूर्वक पूरा गर्दै अघि बढ्नुपर्छ ।संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमामात्र नभई नागरिकको जीवनपद्दति र शैलीका रुपमा स्थापितगर्नु आवश्यकछ ।जब संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमामात्रनभई नागरिकको जीवन पद्दतिको रुपमा स्थापित हुन्छ, त्यसबेलाआमनागरिकले लोकतन्त्रको अनुभूतिगर्न पाउँछन्,लामो संघर्षबाट प्राप्त परिवर्तनको अनुभूतिगर्न पाउँछन् ।
ऐतिहासिक संविधानसभावाट नयाँ संविधानजारी भएपछि यतिवेलाहामी संघिय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छौ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयन महत्वपूर्ण विषयहो ।
हामीले हाम्रो प्रदेशमा समृद्ध प्रदेश,खुसीजनताको लक्ष्यवोकेर अघि बढ्न लागि रहेका छौ ।त्यो लक्ष्यमा पुग्न आवश्यक संरचना तयार गरी कार्यान्वयन गरिरहेका छौं । संविधानले दिशानिर्देश गरेको बाटोवाट न्यायपूर्ण, समतामुलक र समृद्ध समाजनिर्माण गर्ने कुरा तीनै तहका सरकारहरुको साझालक्ष्यहो ।संघीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको छ ।
हामीप्रदेशको विकास र समृद्धिको वाटोवाट उक्तलक्ष्य पुरा गर्न सार्थक योगदानकालागि कृतसंकल्पित छौं । प्रजातन्त्रदिवसकोअ अवसरमा यस ऐतिहासिकअवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझाअभियानमा साथदिन प्रदेशका सबै राजनैतिकदल, संघ संस्था, राष्ट्रसेवककर्मचारी र आमनागरिकमा हार्दिक अपिलगर्दछु ।
अन्त्यमाप्रजातन्त्रदिवसको अवसरमा सबैमाहार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।-शंकर पोखरेल,मुख्यमन्त्री प्रदेश ५,
प्रतिक्रिया