ताजा अपडेट »

२१औं तिलोत्तमा गोल्डकप : च्यासल युथ क्लब क्वाटर फाइनलमा

सोमबार, ०६ फागुन २०७५, २१ : १३
10 Shares

फागुन ६,
ग्लोबल आवाज
बुटवल । एन्फा एकेडेमी,बुटवलमा जारी २१औं लाली तिलोत्तमा गोल्डकप–२०७५ अन्तर्गत सिमएमजी संकटालाई पराजित गर्दै च्यासल युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा संकटालाई शुन्यका विरुद्ध दुई गोलले पछी पार्दै च्यासल क्वाटर फाइनलमा प्रवेश गरेको हो । भोली ७ गते मंगलबार नेपाल पुलिस क्लब र दार्जिलिङ युनाइटेड बिच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुनले जानकारी गराए ।

रुपन्देही फुटबल संघको आयोजना र बुटवल उपमहागनरको संरक्षकत्व र यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजन रहेको प्रतियोगिताको प्रतियोगितामा विजेताले उपाधिसँगै नगद रु.८ लाख ८० हजार , कप,प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ५ लाख ५० हजार कप,प्रमाणपत्र प्राप्त गर्नेछ ।त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले एकथान मोटर साइकल रस्कुटर ,उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले नगद २५ हजार प्राप्त गर्ने संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक दिर्घ बहादुर के.सी.(कुमार)ले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।