ताजा अपडेट »

'प्रेमगीत ३' को 'हर युग होस्' सार्वजनिक

शनिबार, १० फागुन २०७६, १३ : ५४
6 Shares

फागुन १०,

ग्लोबल आवाज

बुटवल । प्रेमगीत-३ को दोस्रो गीत सार्वजनिक भएको छ । महा शिवरात्रिको अवसर पारेर 'हर युग होस्' बोलको गीत सार्वजनिक भएको हाे ।

प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको शीर्ष गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको सङ्गीत रहेको छ । भिडियोमा दुई प्रमुख पात्र प्रेम(प्रदीप) र गीत (कृष्टिना) को प्रेम भाव बोकेको छ ।

आगामी चैत २८ मा प्रदर्शनमा आउने चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

https://youtu.be/82u-4xcsyJU
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।