ताजा अपडेट »

गायक पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने सांसद अमृशकुमारको घोषणा

सोमबार, ०६ फागुन २०७५, १७ : २२
10 Shares

फागुन ६,

काठमाण्डौं । पछिल्लो समय ‘लुट्न सके लुट कान्छा,…’ का कारण चर्चामा रहेका लोकदोहोरी गायक पशुपति शर्मालाई संघीय संसद प्रतिनिधिसभाका सांसद डा. अमृशकुमार सिंहले सम्मानस्वरुप २५ हजार रुपैंया पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा आफ्नो भनाई राख्दै सांसद सिंहले गायक शर्माले जनताको गीत गाएको भन्दै सरकारलाई व्यङ्ग्य गर्दै उक्त घोषणा गरेका हुन् ।

उनले प्रतिनिधिसभामा भने, ‘ दुई दिन अगाडि गायक पशुपति शर्माले एउटा लोकदोहोरी गाएका थिए, तर दुई तिहाई सरकारको अगाडि त्यस्तो गीत गाउन पाइन्छ ? जनताको भावना व्यक्त गर्न पाईन्छ ? त्यस्तोलाई त मुखमा ताला लगाउन पर्छ ? सुन्नेलाई कानमा मर्करी या शिशा पगालेर राख्नुपर्छ ? सरकारको यस्तो बुझाईले यो लोकतन्त्र कहाँ हो भन्ने प्रश्न यहाँ खडा भएको छ । त्यस्ता जनबोली गायकलाई म आफ्नो फागुन महिनाको पारिश्रमिकबाट सम्मानस्वरुप २५ हजार रुपैंया पुरस्कार दिने घोषणा गर्न चाहन्छु ।’


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।