ताजा अपडेट »

विकासमा राजनीति नगर्न पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह

सोमबार, ०६ फागुन २०७५, १० : २१
6 Shares

फागुन ६,
बागलुङ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टिका संयोजक डा. बावुराम भट्टराईले देशको समृद्धिकोलागि जनसुकै राजनैतिक दल वा पार्टी भएपनि एक भएर लाग्नुपर्ने वताउनु भएको छ । नयाँ शक्ति पार्टिकोले हिजो खर्वाङमा आयोजना गरेको जनसंवाद कार्यक्रममा वोल्दै डा. भट्टराईले सो कुरा वताउनु भएको छ ।

मध्यपहाडी क्षेत्रको विकासकोलागि मध्य पहाडि लोकमार्ग वरदान सावित हुने भन्दै डा. भट्टराईले प्रत्येक घरमा सडक पुर्याउने नभइ विकासोन्मुख स्थानमा एकिकृत वस्ति वसाउनुपर्ने वताउनु भएको छ। उत्तरगंगा जलासय युक्त आयोजना बागलुङकै भागमा बडिगाड नदिमै वन्न उपयुक्त हुने वताउनु भएको छ।
असल राजनीति र समावेसी विकासकोलागि मध्यपहाडी पुस्पलाल लोकमार्ग (चिवा भञ्ज्याङ पाँचथरदेखि झुलाघाट वैतडिसम्म) चलिरहेको जनसंवाद यात्राको क्रमममा बडिगाड गाउँपालिका २, खर्वाङमा कार्यक्रम भएको हो। कार्यक्रममा नयाँ शक्तिका हेडक्वाटर सदस्य तथा पूर्व सांसद नवराज सुवेदीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजा, नेकपाका नेता राजिव घिमिरेले बडिगाड गाउँपालिका तथा यस क्षेत्रका विषयहरुको वारेमा जानकारी तथा जिज्ञासा राख्नुभएको थियो। माघ १५ देखि सुरु भएको यात्रा फागुन १५ मा सकिने नयाँ शक्ति पार्टाीले जनाएको छ।


यसैविच मुसिकोट नगरपालिका गुल्मीले वामीटक्सारमा आयोजना गरेको अन्तरसम्बाद कार्यक्रममा पनी डा. भट्टराई सहभागी हुनुभएको छ। सो कार्यक्रममा डा. भट्राईले बुटवल देखि वामीटक्सार हुँदै मध्यपहाडी लोमार्गमा जोडिने सडक तत्काल सम्पन्न गर्नुपर्ने त्यसकोलागि आफूूले पनि पहल गर्ने वताउनु भएको छ। त्यस्तै जनज्योती मावि मुनपा १ अरेवाको स्वर्ण महोत्सवको अवसरमा भैरहेको श्रमद्भागवत धनधान्यान्चल महायज्ञमा पनि डा. भट्राई सहभागि हुनुभएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।