ताजा अपडेट »

युवा परिषदद्वारा अन्तरक्रिया, सरकारका नीति तथा योजाहरु बारे जानकारी

आइतबार, ०५ फागुन २०७५, १७ : ३७
6 Shares


फागुन ५,

गुल्मी । राष्ट्रिय युवा परिषद गुल्मीले युवाहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ । जिल्ला सदरमुकाम तम्घासमा आयोजित अन्तरक्रियामा परिषदकोतर्फबाट उपसचिव कमला ज्ञवालीको सहभागितामा सम्पन्न भएको हो ।


कार्यक्रममा उपसचिव ज्ञवालीले युवाका क्षेत्रमा सरकारले अघि सारेका नीति तथा योजाहरु बारे जानकारी गराएकी थिइन् । अन्तरक्रियामा युवा परिषद गुल्मीका अध्यक्ष राजेन्द्रबिक्रम कुँवरले जिल्ला युवा समिति गुल्मीले जिल्लामा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।


परिषद्का भावी योजना र युवाहरुका क्षेत्रमा केकस्ता कार्यक्रम गर्दा उपयुक्त हुन्छ भन्ने सम्बन्धमा रायसुझाव समेत संकलन गरिएको थियो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय प्रमुख थानेश्वर घिमिरे, कार्यक्रम अधिकृत लोकनाथ मरासिनी, रेसुङ्गा नगरपालिकातर्फबाट बिद्यालय निरिक्षक पिताम्बर पन्थी, युवा उद्यामीहरु, सिप सिकेर बसेका युवाहरु, लगायतको सहभागिता रहेको थियो ।


सहभागीले उद्याम सञ्चालनका लागि सरकारले उपलब्ध गराउने ऋणका सम्बन्धमा प्रकृया झन्झटिलो भएको भन्दै सजिलो प्रकृयाबाट ऋण प्रदान गर्न सल्झाएका थिए । उपसचिव ज्ञवालीले युवाका क्षेत्रमा हरेक कामको सहजीकरणका लागि परिषद लागि परेको बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।