ताजा अपडेट »

तिलोत्तमा जारी मेलामा १ लाख बढीले गरे अवलोकन, शनिवार ज्योति मगर आउने

शुक्रबार, १४ मंसिर २०८१, १६ : १८
56 Shares
शुक्रबार, १४ मंसिर २०८१
56 Shares

बुटवल । तिलोत्तमामा जारी ‘दोस्रो तिलोत्तमा महोत्सव–२०८१’ मा अहिलेसम्म १ लाखभन्दा दर्शकले अवलोकन गरेका छन् । 

मंसिर ६ गतेदेखि सुरु भएको महोत्वसमा शुक्रबारसम्म १ लाख भन्दा बढीले अवलोकन गरेको तिलोत्तमा व्यापार संघका सचिव तथा मेलाका प्रचारप्रसार संयोजक कृष्णप्रसाद भट्टराईले बताए । साथै अहिलेसम्म २ करोड भन्दा बढीको आर्थिक करोबार भएको उनले बताए। 

मेला अन्तिम चरणमा पनि आइसकेको र भोलि शनिवार रहेकाले ५० हजार भन्दा बढीले मेलाको अवालेकन गर्ने अनुमान गरिएको संयोजक भट्टराईले बताए । शनिवार लोकदोहोरी गायीका ज्योति मगर, कृष्ण रेउले र हास्यकलाकार माइला बा लगायतले विशेष प्रस्तुती दिने कार्यक्रम रहेको उनले बताए । 

साथमा स्थानीय तथा राष्ट्रिय कलाकारको पनि प्रस्तुती रहने बताए । शुक्रबार गायक दुर्गेश थापा, पिती आले लगायतका कलाकारहरुले प्रस्तुती दिने छन् । व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारः सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार भन्ने मूल नाराका साथ मंसिर ६ गतेदेखि सुरु भएको मेला मंसिर १८ गतेसम्म चल्ने छ।    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।