ताजा अपडेट »

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

शुक्रबार, १४ मंसिर २०८१, ०८ : ०७
46 Shares
शुक्रबार, १४ मंसिर २०८१
46 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यही मंसिर १६ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जानकारी दिए । 

प्रधानमन्त्रीको टोली ८७ सदस्यीय हुने भएको छन् जसमा मन्त्रीसहित ३९ जना सरकारी अधिकारी र निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ । प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जाँदैछन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।