ताजा अपडेट »

डम्बरबहादुर विकसहित ८ एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

सोमबार, १० मंसिर २०८१, १० : ५१
110 Shares
सोमबार, १० मंसिर २०८१
110 Shares

काठमाडौँ ।  नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको आइतबार  बसेको बैठकले प्रहरीका आठ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिस हुने एसएसपीमा धु्रवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।