ताजा अपडेट »

२१औं तिलोत्तमा गोल्डकप :लाली रुपन्देही–११ र सुनसुरी –११ भिड्दै

आइतबार, ०५ फागुन २०७५, ०९ : ३७
10 Shares

फागुन ५,
ग्लोबल आवाज
बुटवल । एन्फा एकेडेमी,बुटवलमा जारी २१औं लाली तिलोत्तमा गोल्डकप–२०७५ अन्तर्गत आज लाली रुपन्देही–११ र सुनसरी–११ बीच हुँदैछ । प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेल आज दिउँसो आयोजक संस्थाका महासचिव लोक पुनले जानकारी गराए ।

पहिलो प्रतियोगितमा एपिएफलाई पराजित गर्दै झापा–११ले विजयी सुरुआत गरेको छ । लाली रुपन्देही–११ लाई घरेली मैदानमा धेरै दर्शकको साथ हुनेछ भने सुनसुरी –११ पाहुना टिम हो । रुपन्देही फुटबल संघको आयोजना र बुटवल उपमहागनरको संरक्षकत्व र यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजन रहेको प्रतियोगिताको प्रतियोगितामा विजेताले उपाधिसँगै नगद रु.८ लाख ८० हजार , कप,प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ५ लाख ५० हजार कप,प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले एकथान मोटर साइकल /स्कुटर ,उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले नगद २५ हजार प्राप्त गर्ने संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक दिर्घ बहादुर के.सी.(कुमार)ले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।