ताजा अपडेट »

‘उत्साहजनक यात्रामा ‘राइज योर भ्वाइस–२’

सोमबार, २३ पुस २०७५, १७ : ३८
8 Shares

पछिल्ला वर्षहरुमा गायन र नृत्य प्रतिभाहरुका लागि धेरै प्रतियोगिताहरु आयोजना हुने गरेका छन् । स्थानीय स्तरदेखि क्षेत्रिय र राष्ट्रिय स्तरसम्म विभिन्न प्रतियोगिताहरु आयोजना हुने गरेका छन् । यस्ता प्रतियोगिता धेरै भएपनि केही प्रतियोतिा मात्र चर्चित र सफ लबनेका छन् । त्यसैगरी त्यस्ता प्रतियोगिताहरुबाट केही उत्कृष्ट प्रतिभाहरु अघि बढ्ने गरेका छन् । यस्तै प्रतियोगिताहरु मध्ये पश्चिम नेपालको प्रमुख शहर बुटवलमा आयोजना हुने गायन प्रतियोगिता हो ‘ राइज योर भ्वाइस’ । वि.सं.२०७४ सालमा बुटवल स्थित सगरमाथा डान्स सेन्टर बुटवलको अयोजनामा पहिलो पटक भएको सो प्रतियोगिता सफल र चर्चित भएको थियो । प्रतियोगिताको प्रभावकारिता र लोकप्रियतालाई निरन्तरता दिँदै यस वर्ष सो प्रतियोगिता अर्थात् ‘ राइज योर भ्वाइस सिजन २ ’ हुँदैछ । प्रतियोगिताका लागि अडिशनको यात्रामा रहेको प्रतियोगिताको विषयमा आयोजक सगरमाथा डान्स सेन्टर एण्ड इभेन्ट म्यानेजमेण्टका प्रबन्ध निर्देशक मुकेश गुरुङसँगको कुराकानी :
गायन प्रतियोगिता ‘राइज योर भ्वाइस’ को दोस्रो संस्करण आयोजना गर्दैहुुनुहुुन्छ । यसको मुख्य उद्देश्य के हो ?
–पहिलो संस्करणबाट सफलता प्राप्त गरेर नै दोस्रो संस्करण आयोजना गरेका हौ। हाम्रो मुख्य उद्देश्य नयाँ प्रतभा पहिचान गरेर प्रवद्र्धन गर्नु थियो । सोही अभियानलाई निरन्तरता दिएका छौं । नयाँ प्रतिभालाई पहिचान मात्र होइन, उनीहरुको प्रतिभालाई निखार्दै सक्षम कलाकार बनाउने हाम्रो प्रयास हो । पहिलो प्रतियोगितामा देखिएको उत्साहजनक सहभागिता र उतकृष्ट प्रतिभा उतपादन गर्न सफल भएका थियौं । यसपटक थप सधारका साथ अघि बढेका छौं ।


यस्ता धेरै प्रतियोगिता प्रतिभाको छटौट र प्रवद्र्धनभन्दापनि देखावटी र लाभका लागि हुन्छन् भन्ने छ नि ?
–केही हदसम्म होला । तर, हामीले आर्थिक मुनाफा भन्दापनि प्रतिभाको लागि आयोजना गरेका हौं । हाम्रो प्रतियोगिताबाट धेरै नाफा कमाए भन्ने सामान्य आधार पनि छैन । हामीले आफ्नो मिहिनेत, श्रम र समय प्रतिभाको लागि खर्चिएका छौं । हाम्रो प्रतियोगितामा कुनै ठूला प्रायोजक छैनन् । अर्कोतर्फ हामीले प्रतियोगितालाई स्तरीय र विजेतालाई आकर्षक पुरस्कार दिएका छौं । गतवर्ष दुुई प्रतिभालाई विजेता घोषणा गर्नुपर्यो । दुबै जनाले करिब ३ लाख बराबर पुरस्कार प्राप्त गरे ।

तपाइको अर्थात् राइज योर भ्वाइस प्रतियोगितामा स्वच्छ प्रतिष्पर्धा हुन्छ र राम्रा प्रतिभा विजेता बन्नुुका साथै सफल हुन्छन् भन्ने आधार के–के छन् ?
पहिलो आधार हामी विशुद्ध कलाकार हौं। त्यसैले असल कलाकार उत्पादन गर्ने हाम्रो कर्तव्य हो । अर्को आधार प्रतियोगिताको संरचना हो । त्यसैगरी अर्को आधार प्रतिभलाई प्राथमिकता दिई अघि बढाउने हाम्रो अभियान हो ।

प्रतियोगिता आयोजना गर्दा विभिन्न संघसंस्थासँग आर्थिक सहयोग लिएर,भोटको नाममा प्रतियोगीहरुसँग मोटो आर्थिक संकलन गरेर प्रभिालाई भन्दा पनि लगानीका आधारमा विजेता छनौट गर्ने र कमाउने गरेका छन् भन्नेपनि छन् नि ?
–जुनसुकै प्रतिायेगिता सम्पन्न गर्न आर्थिक महत्वपूर्ण हुन्छ । यसको लागि कि त आयोजकले आफूले पूरै लगानी लगाउनुपर्यो , कि पूर्णतया खर्च बहोर्ने प्रायोजक हुनुपर्यो कि प्रतियोगीबाट नै सबै असुल गर्नुपर्ने हुन्छ । तर, यसले प्रतिभामा अन्याय हुनुगलत हो । हामी आफैपनि जोखिम मोलेर प्रतियोगिता गर्दछौं । सहभागीबाट फर्म र क्वार्टर फाइनलका प्रतियोगिताबाट ५० प्रतिशत भोटिङको आधार बनाई केही आर्थिक संकलन गर्दछौं भने केही प्रायोजकको रुपमा सहयोग प्राप्त हुन्छ ।

यस प्रतियोगितामा पुरस्कार र अनुमानीत लागत कति छ ?
प्रतियोगिताको विजेताले उपाधिसँगै यामाहा एफ जेड एस मोटर साइकल,एउटा म्यूजिक भिडियो निर्माण खर्च र विभिन्न गिफ्ट ह्यामपरहरु प्राप्त गर्नेछ भने फ्रस्ट र सेकण्ड रनर अपले क्रमशः नगद ३० हजार ,१५ हजार र विभिन्न अवसर एवम् गिफ्ट ह्यामपरहरु प्राप्त गर्छन् ।


प्रतियोगिता कसरी अघि बढेदैछ ?
हामीले बुटवलमा र भैरहवामा अडिशन गरेर करिब ५० जना छनौट गरेका थियौ । पियानो राउण्डबाट ३७ जना प्रतिष्पर्धामा उत्रेका छन् । बअ उनीहरु बीच प्रतिष्पर्धा भई विजेता हुनेछन् । पहिलो जस्तै यस संस्करणलाई पनि सभ्य,भव्य र सार्थक बनाउन प्रतियोगी,अभिभावक, सञ्चार माध्यम , सञ्चारकर्मी ,सहकर्मी , सहयोगी लगाएत शुुभैच्छुक सबैमा आग्रह गर्दछु।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।