ताजा अपडेट »

२१औं तिलोत्तमा गोल्डकप : एपीएफलाई पराजित गर्दै झापा –११ विजयी

शनिबार, ०४ फागुन २०७५, १८ : ५१
6 Shares


फागुन ४,
ग्लोबल आवाज
बुटवल उपमहानगरको संरक्षकत्व र रुपन्देही जिल्ला फुटवल संघको आयोजनामा आजदेखि २१औं लाली तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगिता– २०७५ सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन ।

बुटवलको देविनगरस्थित एन्फा एकेडेमी सेन्टरमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै झापा–११, विजयी भएको छ। सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले हराउँदै पहिलो खेलमा झापा– ११ विजयी भएको हो ।
झापा–११ को तर्फबाट टिम क्याप्टेन कर्ण लिम्बुले पहिलो हाफको ११औं मिनेटमा १ गोल गरे भने दोस्रो हाफको ५ मिनेटमा बुद्धबल तामाङ्गले दोस्रो गोल गरेका थिए । दोस्रो तथा भोलीको खेल लाली रुपन्देही–११ र सुनसरी–११को बिच हुने आयोजक रुपन्देही फुटवल संघका महासचिव लोक पुनले जानकारी दिए ।


प्रतियोगिताको विजेताले ८ लाख ८८ हजार रुपैया नगद सहित कप पाउनेछ भने उपविजेताले ५ लाख ५० हजार रुपैया पाउने छन् ।प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा रेफ्रले नगद रु २५ /२५ हजार प्राप्त गर्ने आयोजक रुपन्देही फुटवल संघका अध्यक्ष तथा प्रतियोगिताका संयोजक दिर्घ बहादुर के.सी.(कुमारले) ले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।