ताजा अपडेट »

पोखरामा स्कुल बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकसहित २० विद्यार्थी घाइते

सोमबार, १४ साउन २०८१, १० : ४९
354 Shares
सोमबार, १४ साउन २०८१
354 Shares

 


पोखरा । पोखरा महानगरपालिका  वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन्।

बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगर २१ का वडाध्यक्ष दीपक सुवेदीले बताए।
उनकाअनुसार बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए।

बसमा रहेका विद्यार्थी र चालक पनि घाइते भएको सुवेदीले बताए। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

वडाध्यक्ष सुवेदीका अनुसार घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ। उक्त बसमा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलका विद्यार्थी सवार थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।