ताजा अपडेट »

गुल्मी-अर्घाखाँची सीमानामा टिप्पर दुर्घटना : १ जनाको ज्यान गयो, २ घाइते

मंगलबार, २९ जेठ २०८१, ०८ : ४३
310 Shares
मंगलबार, २९ जेठ २०८१
310 Shares

गुल्मी । गएराती गुल्मी अर्घाखाँचीको सीमनामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ देउराली तम्घास भित्री कच्ची सडकमा ना ८ ख ६६४४ नम्बरको टिप्पर सडक देखि करिब ६० मिटर तल खसेको थियो ।

टिप्परमा सवार सन्धिखर्क नगरपालिका-८ खाँचीका २६ वर्षीय रामलाल पुरीको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको हो । त्यस्तै सोही सोही पालिका-७ का ३३ वर्षीय रिसभ केसी र तिलगंगा नगरपालिका–२ का २९ वर्षीय नविन घिमिरे घाईते भएका छन । घाईते दुबै जनालाई गएराती नै गुल्मी अस्पतालले लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी शंकर पोखरेलले जानकारी दिए ।

घाईते मध्ये केसी बोल्न सक्ने र घिमिरे बोल्न सक्ने अवस्थामा नभएको पोखरेलको भनाई छ ।  राती पौने दश बजे भएको दुर्घटनामा अस्थाई प्रहरी पोष्ट अर्घातोषका प्रहरी नायव निरीक्षक सुर्यप्रसाद पन्थीको कमाण्ड खटिएको समूहले घटनास्थलमा पुगेर उद्धार गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।