ताजा अपडेट »

३५० किलोमिटर चल्ने गेरो डिटि ६० ई.स्कुटी बुटवलमा सार्वजनिक

शनिबार, २६ जेठ २०८१, ०९ : ४१
1.78K Shares
शनिबार, २६ जेठ २०८१
1.78K Shares

बुटवल । बुटवल बजारमा लामो दूरीसम्म चल्ने ईलेक्ट्रिक स्कुटी आएको छ । बागमती मोटरसाईकल सेन्टरले शुक्रबार आफनो शोरुममा गेरो डिटि ६० मोडल ईलेक्ट्रिक स्कुटी सार्वजनिक गरेको हो । सोल फुल मोटर प्रालि र क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड ईम्पोर्टले नेपालमा भित्राएको यो स्कुटी बुटवल बजारमा भने बागमती आधिकारीक डिलर रहेको छ ।

यो स्कुटी एक पटक चार्ज गरेपछि ३५० किलोमिटरसम्म कुद्ने क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड ईम्पोर्टका मार्केटिङ हेड अनुराग बमले दाबी गरे । दुई पाङ्ग्रे सवारी बिक्रीमा लामो अनुभव बटुलेको कम्पनी बजारको अध्ययन गरेर यो नेपालको लागि क्रान्तिकारी ईलेक्ट्रिक स्कुटर भित्राएको उनले दाबी गरे । बजार अध्ययनको क्रममा रेन्ज, डिजाईन, सर्भिस, परफरमेन्समा ग्राहकको रुचिलाई मध्येनजर गरि चाईनामा सर्वाधिक रुचाईएको यो स्कुटीलाई नेपाली बजारमा ल्याईएको उनले बताए ।

नेपाली बजारमा यसअघि क्रसफायर, ईटालिक मोटो, बेरिष्ठा एरिस जस्ता धेरै विश्वका उत्कृष्ट ब्राण्डका दुई पाङ्ग्रे सवारी बिक्री गर्दै आएको उनले बताए । ‘समयसापेक्ष अहिलेको माग यो हो ।’—उनले भने । केवल ब्यापारमात्र नभई यसबाट विभिन्न खेलकुद ईभेन्टहरु समेत हुँदै आएको छ । यसैगरि टायर, जर्सिका ब्राण्डहरु समेत भित्राएको छ । यो स्कुटी स्टार ह्वाईट र मुम ग्रे दुई कलरमा उपलब्ध छ । जसको बजार मुल्य ३ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

बागमती मोटरसाईकल सेन्टरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले विश्वमा नै पर्यावरण जोगाउने अभियानमा साथ दिने गरि सवारी साधनमा नयाँपन आएको बताए । स्कुटीमा ४ हजार वाटका मोटर र १८ डिग्रीमा चढ्न सक्ने क्षमता रहेको उनले बताए । यसमा ईको मुड (५१ किमी प्रतिघण्टा), ड्राईभिङ मुड (६० किमी प्रतिघण्टा), स्पोर्ट्स मुड (६८ किमीप्रतिघण्टा) गरि ३ वटा राईडिङ मुडहरु छन । ब्याट्रिमा १ लाख किलोमिटर वा पाच वर्ष वारेन्टी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।