ताजा अपडेट »

नगर र वडाको लगानीमा जीम हाउस सञ्चालनमा

मंगलबार, १५ जेठ २०८१, २० : २१
84 Shares
मंगलबार, १५ जेठ २०८१
84 Shares

बुटवल। बुटवल उपमहानरपालिका वडा नम्बर २ तल्लो फुलवारीमा जिम हाउस शुभारम्भ भएको छ ।  नगरपालिका र वडा नम्बर २ संयुक्त लगानीमा जिम हाउस सञ्चालनमा आएको छ ।

जिम हाउस को मंगलबार एक कार्यक्रमका विच बुटवल उपमहानरपालिका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले बुटवलको विकास संभावना बोकेको वडा नम्बर २ भएको बताउँदै उनले वडा २ ले नै बुटवलको समृद्धिमा महत्पूर्ण भुमिका खेल्ने बताएकाथिए । वडामा  हुने हरेक काममलाई जनताको पहुँच पुग्ने खालको हुनुपर्ने भन्दै उनले जनताले प्रत्यक्ष लाभ जनातालेपाउने गरी विकास लाई प्रथमिकतादिनुपर्ने बताएका थिए । 

उनले भने–‘बुटवलले रोजगारी बृद्धिका लागि युवा लक्षित तालिमा चलाउँदै आएका छौ ।’ वडा २ का अध्यक्ष शुनिल शाक्यले जीम हाउस निर्माण पछि मानिले स्वाथ्य हुने बताएका थिए । उनले आफु अघिल्लो कार्यकालमा वडा सदस्य हुँदा खेरी नै जीम हाउसको अभियान सुरुवात गरिएको बताउँदै आफु वडा अध्यक्ष भएपछि जीम हाउसउद्घाटन गर्न पाउँदा खुसी लागेको बताएका थिए । उनले युवाहरुलाई जीम हाउस मार्फत स्वाथ्य अभियानमा जोड्न पाउँदा धेरै खुसी भएको बताएका थिए । 

२ का वडा सचिव उषा ढुंगानाले नगरपालिकाको २० लाख आर्थिक  सहयोगमा जीम हाउस निर्माण गरिएको जानकारी दिईन ।  कार्यक्रममा वडा २ का निर्वतमान अध्यक्ष रमेश नेपाल, वडा सदस्य गौतमलाल शाक्य लगायतले आ आफ्नो भनाई राखेका थिए ।

1716906966010

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।