ताजा अपडेट »

खानेपानी र सामुदायिक विद्युत बितरण संस्थाले चर्चेको जग्गामा स्थानीय सरकारले हस्तक्षेप गरेको गुनासो

शनिबार, १२ जेठ २०८१, १८ : ५६
50 Shares
शनिबार, १२ जेठ २०८१
50 Shares

बुटवल। खानेपानी उपभोक्ता तथा सामुदायिक किद्युत सहकारी सस्थाले चर्चेकाे जग्गामा स्थानीय सरकारले हस्तक्षेप गरेको भन्दै बुटवलको प्रगतिनगर र देविनषरका उपभोक्ताहरू आन्दोलित भएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगर स्थित प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था र सामुदायिक बिद्युत बितरण संस्थाले आज पत्रकार सम्मेलन गरि आफुहरूले बर्षाैंदेखि संरक्षण गरेर सार्वजनिक प्रयाेजनका लागि चर्चेको जग्गा बुटवल उपमहानगरपालिकाले हस्तक्षेप गरेकोले उक्त जग्गा पुर्ववत रूपमा संस्थाले भाेगचलन गर्न नपाए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको हो ।

 

 

बुटवलको देबिनगर तथा प्रगतिनगरका उपभोक्ता हरुको रोहबरमा संरक्षीत जग्गामा कम्पाउण्ड वाल निर्माण गरि डिप बोरिङ्ग पम्पलाई संरक्षण तथा भावी कार्ययोजना अन्तरगत खानेपानीको बढ्दो मागलाई मध्येनजर गरि दुई चार बर्षमै ओभरहेड टंकी निमाण गरि सेवालाई थप बिस्तार गर्ने योजना अनुरूप मिती २०८१/२/१० गतेका दिन दुवै संस्थाका पदाधिकारी तथा उपभोक्ताहरूकाे उपस्थितिमा कम्पाउण्ड बाल शिलन्यास गर्ने क्रममा नगर प्रहरी,जनपद र ससस्त्र प्रहरीले हस्तक्षेपकाे प्रयास गरेको संस्थाका अध्यक्ष जितबहादुर मल्लले जानकारी दिए ।

 

 

त्यस क्रममा स्थानीय सरकारका नगर प्रहरी, जनपथ प्रहरी, दंगा प्रहरी तथा ससस्त्र प्रहरी समेत आई जनताले गर्न लागेको पानी पिउने जस्तो पवित्र कार्यलाई अवरुद्ध गर्ने ,अभद्र व्यबहार गर्ने कार्य भ्रत्सर्ना योग्य भएको उनको भनाइ छ ।

 

 

संस्थाका लेखा समिति संयोजक राजेश बुढाथोकीले पानी जस्तो जिबन सँग जाेडिएको संवेदनशील विषयलाई स्थानीय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने भन्दै तत्काल समस्या समाधान नगरे दुबै स्थाका उपभोक्ता चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए ।

 

 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गाेबिन्द केसीले बार्ता र छलफलबाट समस्या समाधान हुने भन्दै उपमहानगरपालिकाले त्यसको वातावरण बनाउनुपर्नेमा जाेड दिए ।

 

 

मिती २०५२ सालमा जनताहरु द्वारा नदी उकास भएको तिनउ नदी किनारमा जग्गा रोकी बसोबास भएको र बसाेबासको व्यवस्था भए अनुसार स्थानिय बुद्धिजिवी भद्रभलादमीको राेहबरमा देबिनगरमा नम्बरी जग्गा लिई डिप बोरिङ्ग खनाई प्रगतिनगर बासीलाई मिती २०५८ साल देखि खानेपानी सस्था खडा गरि खानेपानी वितरण गरिएको जनाउँदै विज्ञप्तिमा खानेपानीको आवस्यकता जती जती बड्दै गयो सोही अनुरुप प्रगतिनगर क्षेत्रका विभिन्न स्थानमा डिप बोरिङ्ग गाड्दै पानीको आवस्यकता पुरा गर्दै आइरहेकाे र मिती २०७३ सालमा केन्द्रीय योजना अन्तरगत ओभरहेड टंकी निर्माण गरि प्रगतिनगर बस्तीलाई मात्र नभै देबिनगरका विभिन्न पथहरु मा समेत पानी वितरण गरि क्षेत्र विस्तार गरिरहेकाे उल्लेख छ ।

 

 

खानेपानी सस्थाले विगतका दिनहरुको पानीको अबस्था हेरी प्रगतिनगर रङ्गसाला टोल विपि. एस. मार्गको पस्चिम तर्फ अन्दाजी २२ कठ्ठा जग्गा प्रगतिनगर खानेपानीका लागी जनता तथा प्रगतिनगर देविनगरका उपभोक्ता द्वारा संरक्षण गरि आएकाे र पानी जस्तो बिधुतको पनी आवस्यकता भए अनुरुप नै हामीले मिती २०६२ सालमा सामुदायिक विद्युत अवधारणा अनुसार उर्जा मन्त्रालयबाट संझौता गरि विधुत भित्रयााउन सफल भई प्रगतिनगर बस्ती उज्यालो बनाउन सफल भएकाे विज्ञप्तिमा जनाइएको छ ।

 

 

प्रगतिनगरका दुई वटा प्रमुख सस्था मध्ये खानेपानी न.१. र न.२ मा सामुदायिक विधुत सहकारी सस्था लि. लाई प्राथमिकता दिई स्थानिय सरकार स्थापना भए पछि पनी सो जग्गा खानेपानी तथा विधुत सस्थाको हो भनी सम्बन्धित निकायलाई जानकारी भएको भन्ने विज्ञप्तिमा उक्त संरक्षित जग्गामा संस्थाको वोर्ड गाडी राख्नुकासाथै स्थानीय सरकारको २०७९ को निर्वाचन पछि २२ कठ्ठा जग्गा मध्ये १७ कठ्ठा जग्गामा पार्क भनी कम्पाउण्ड गरेको र बाँकी ५ कठ्ठा जग्गामा स्थानीय सरकारको बजेटबाटै सस्थाले डिप बोरिङ्ग गरि उपभोक्ता लाई सेवा समेत दिदै आइरहेको अवस्थामा उपमहानगरपालिकाले हस्तक्षेपको प्रयास गरेको गुनासो गरिएको छ ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।