ताजा अपडेट »

भैरहवाको होटल एसियन बुद्धले गर्यो सरसफाई कार्यक्रम

सोमबार, १० बैशाख २०८१, १६ : ०६
104 Shares

भैरहवा। रुपन्देहीको भैरहवास्थित होटल एसियन बुद्धले सरसफाई कार्यक्रम  गरेको छ । ‘सामाजिक कार्यमा हाम्रो उत्तरदायित्व, सरफाई अभियानमा एसियन बुद्धको नेतृत्व’ भन्ने नाराको होटलले बसडिलवाका सडक, बसडिलवा शिवालय मन्दिर शिव मन्दिर क्षेत्रमा सरसफाई गरेको हो ।
 
स्वच्छ वातावरणका लागि सरसफाई अत्यन्तै महत्वपूर्ण रहेकोले होटल सरसफाइ कार्यक्रम गरेको होटलका अपरेशन म्यानेजर जे.पी.सुवेदीले बताए । ग्राहकलाई राम्रो सेवा उपलब्ध गराउँदै आएको यो चारतारे होटलले सामाजिक क्षेत्रसँगै नगर/गाउँलाई स्वच्छ तथा सफा राख्न सरसफाई कार्यक्रम राख्दै आएको उनले बताए । 

साथै होटलका महाप्रबन्धक दीपक धमलाले होटलले सामाजिक कार्यहरु गर्दै आएको र आगमी दिनमा पनि सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने बताए । यसअघि होटलले गत महिना (चैत) मा तिलोत्तमा क्रिकेट एकेडेमीका खेलाडीहरुलाई जर्सी वितरण गरेको थियो । त्यस्तै होटलले महाशिवरात्रीको अवसरमा बसडिलवा शिवालय मन्दिरमा प्रसाद तथा पानी वितरण गरेको थियो ।

1713659615-Pib74

सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरी, इञ्जिनियर मधु प्रसाद गौतम, बसडिलवा शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पशुपति न्यौपाने, एसियन बुद्ध होटलका सञ्चालक तिलकराम घिमिरे, सन्तोष चौधरीलगायतको सहभागीता रहेको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।