ताजा अपडेट »

गुल्मीको इस्मामा थप दुई घर जलेर नष्ट

सोमबार, १० बैशाख २०८१, १४ : ०३
150 Shares
सोमबार, १० बैशाख २०८१
150 Shares

गुल्मी । दुई  दिन अघि मात्र दुई दर्जन  बढि घर  र  त्यति नै  संख्यामा गोठ जलेर क्षति ब्यहोरेको गुल्मीको इस्मा गाउँपालिकामा आज सोमबार थप दुईवटा घर र एउटा गोठ जलेर अर्को  क्षति  ब्यहोरेको छ।

इस्मा–६ को  बुल्म स्थित  मोटे कुमालका दुई भाइ छोराहरुको दुई  वटा  घर र एउटा गोठ जलेर  नष्ट  भएको  जिल्ला  समन्वय  समिति  सदस्य  तथा स्थानीयवासी  सुनिता  जिसिले  जानकारी दिए। 

उनी सहित उद्धार कार्यमा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का, वडाध्यक्ष ढाल बहादुर कुँवर, अन्य जनप्रतिनिधि , अस्थायी प्रहरी पोष्ट धनार्जेको प्रहरी र  स्थानीयवासी जुटेर थप घर जल्नबाट बचाएका छ्न।

 बैशाख ८ गते जिल्लाभर ४१ वटा घर जलेको मध्ये इस्मा मात्रै २५ वटा घर जलेर पुर्णरुपमा क्षति  भएका  थियो  । अब  इस्मामा  क्षति हुने  घर  संख्या  २७ पुगेको  छ  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।