ताजा अपडेट »

संकटकाल घोषणा गर्ने राष्ट्रपति ट्रम्पको तयारी

शुक्रबार, ०३ फागुन २०७५, ११ : १९
4 Shares

फागुन ३,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी गरेका छन् ।

अमेरिकी संसद्ले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन बजेट विनियोजन नगरेपछि राष्ट्रपति  ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी गरेका हुन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले संकटकाल लगाउने तयारी भइरहेको जनाएको हो ।

राष्ट्रपति ट्रम्पले खर्चबन्दीको अवस्था दोहोरिन नदिने तर मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन राष्ट्रिय संकटकाल घोषणा गर्न लागेका हुन् । राष्ट्रपति ट्रम्पले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने तर संसद्लाई छलेर सेनालाई छुट्याइएको बजेट पर्खाल लगाउन खर्च गर्ने तयारी गरेको बताइएको छ ।

तर विपक्षी सांसदहरूले भने शक्तिको चरम दुरुपयोग गर्न लागेको भन्दै राष्ट्रपतिको आलोचना गरेका छन् ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।