ताजा अपडेट »

आईसीसी वरियतामा महत्वपूर्ण छलाङ मार्दै दिपेन्द्र ११ औं नम्बरमा

बुधबार, ०५ बैशाख २०८१, १५ : २१
370 Shares

काठमाडौं । ओमनमा जारी एसिसी प्रीमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० वरियतामा छलाङ मारेको छन् ।

उनी अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन् । यसअघि उनी २५ औँ स्थानमा थिए । ब्याटिङतर्फ १६ स्थान सुधार गर्दै दीपेन्द्र ६२ औं स्थानमा उक्लिएका छन्। उनले ओमानमा जारी एसिसी प्रीमियर लिगमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

यस्तै टी-२० ब्याट्सम्यानको वरियतातर्फ दीपेन्द्र ६२ औँ स्थानमा छन्। उनी १६ स्थान माथी उक्लिएका हुन्। ब्याट्सम्यानको वरियतामा नेपालका आसिफ शेख ३६ स्थान माथी उक्लिएर ७५ औँ नम्बरमा पुगेका छन्। कुशल मल्ल ९ स्थान उक्लिएर एक सयौँ नम्बरमा छन्।

बलिङतर्फ भने कुनैपनि नेपाली खेलाडी शीर्ष १ सय भित्र छैनन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।