ताजा अपडेट »

द हिमांशु डिजाइनर रनवे शो शिजन–४ द्वारा खाद्यान्य सहयोग

मंगलबार, ०४ बैशाख २०८१, १६ : २६
78 Shares

बुटवल । द हिमांशु डिजाइनर रनवे शो शिजन–४ का विजेताहरुले खाद्यान्य हस्तान्तरण गरेका छन् । बुटवल ४ पाल्पारोडमा रहेको बुटवल अन्नत जीवन चर्च साथै बृद्धा पालन पोषणमा रहेका बृद्धाहरुका लागि शिजन ४ का विजेताहरु तथा हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरका विद्यार्थीहरुले ले खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

गत चैत्र २९ गतेसम्म भएको प्रतियोगिताका विजेताहरु र विद्यार्थीहरुले सामाजिक सेवामा आफुहरुलाई समर्पित गर्दै सो सहयोग गरेका  हिमांशु  बुटिक एण्ड ट्रेनिङ सेन्टरका अध्यक्ष हिरा पेग्नीले जानकारी दिइन् । साथै द हिमांशु  डिजाइनर रनवे शो शिजन–४ की सिक्स रनर अप बन्दना राना र राजकुमारी गुरुङलाई राष्ट्रिय आविश्कार केन्द्रका स्थापक वैज्ञानिक महाविर पुनद्वारा अवार्ड प्रदान गरिएको थियो ।  

साथै सोहि अवसरमा विद्यार्थीहरुले महाविर पुनको पुस्तक किनेर पनि सहयोग गरेको अध्यक्ष पेग्नीले बताइन् । 

2245ec79-5734-4a5c-b560-b7ea24c721e7

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।