ताजा अपडेट »

कचल कृषि सहकारीको १० औं साधारणसभा सम्पन्न

शुक्रबार, ३० चैत्र २०८०, २० : ०३
60 Shares
शुक्रबार, ३० चैत्र २०८०
60 Shares

बुटवल । कचल कृषि सहकारी संस्था लिमिटेड तिनाउ-१ कचलको १० औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सो अवसरमा बोल्दै तिनाउ-१ का वडा अध्यक्ष भुवन चिदीले सहकारीले कचलका नागरिकको आयआर्जन तथा जीविकोपार्जनमा ठूलो टेवा पुर्याएको उल्लेख गरे ।

यसैगरी मिलिजुली बचत तथाा ऋण सहकारी संस्था दोभानका संस्थापक तथा सल्लाहकार राजेश श्रेष्ठले सहकारीको आवश्यकता र महत्त्व बारे चर्चा गरेका थिए । कचल कृषि सहकारीका अध्यक्ष भोज बहादुर छहरीको अध्यक्षता तथा शान्ता खड्काको संचालनमा कार्यक्रम भएको थियो । वार्षिकोत्सवको अवसरमा बोल्दै तिनाउ कार्यपालिका सदस्य धनी बगाले, पुर्व वडा अध्यक्ष रोम बहादुर लम्तरी लगायतले सहकारीको मर्मअनुसार संस्थालाई अघि बढाउन सुझाब दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।