ताजा अपडेट »

बुटवलको कान्ति माविमा आगलागी

आइतबार, २५ चैत्र २०८०, २१ : ०९
4.49K Shares

बुटवल । बुटवलको कान्ति माध्यमिक विद्यालयमा आइतबार दिउँसो आगलागी भएको छ । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीका अनुसार विद्यालयको क्यान्टिनमा रेगुलेटरबाट ग्यास लिक भएर आगलागी भएको हो ।

बुटवल उपमहानगरको दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिए । दिउँसो करिब साढे ४ बजेको समयमा क्यान्टिनभित्र एक्कासी ग्यास लिक भएर आगलागी भएको थियो । विद्यालयमा रहेको फायर एक्सटिंग्विशर (अग्निशमन यन्त्र)ले निभाउने प्रयास गरे पनि सफल नभएपछि दम्कल बोलाइएको उनले बताए ।

आगलागीबाट केही भौतिक तथा आर्थिक क्षेति भएपनि मानवीय हुनबाट भने बचेको ज्ञवालीले बताए । विद्यालयमा नेपाल आर्मीको समेत परीक्षा सञ्चालन भएको समय परेकाले उनीहरुबाट समेत आगो नियन्त्रणका लागि सहयोग प्राप्त हुँदा थप क्षति हुनबाट जोगिएको उल्लेख गरे ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।