ताजा अपडेट »

१४ करोड लगानीसहित बुटवल कालिकानगरमा होटल दियालो

शनिबार, २४ चैत्र २०८०, १० : ३०
130 Shares

बुटवल । बुटवलको कालिकानगरमा दियालो फूडल्याण्डको पाँचौं शाखा शनिबारदेखि औपचारिक शुभारम्भ भएको छ । सन् २०११ मा काठमाण्ठौको बसुन्धराबाट सुरु भएको दियालो फूडल्याण्डको बुटवलमै भने यो दोस्रो शाखा हो । यस अगाडि बुटवलको मिलनचोकमा शाखा सञ्चालन भईरहेको छ ।


कालिकानगर शाखाको शुक्रबार साँझ बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले आर्थिक क्षेत्रमा देखिएको निरासा र अन्यौलताका बिचमा पनि भईरहेको लगानीले आशाको दीयो बालेको बताए । उनले निर्माणाधिन सडक लगायतका पूर्वाधार सम्पन्न हुदा त्यसले बुटवलको भविष्यको सुनिश्चितता गर्ने भएकाले हतोत्सायित नभई अहिलेको निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

दियालो फूडल्याण्ड कालिकानगरमा यस क्षेत्रका ३२ जना उद्योगी व्यवसायीहरुको १४ करोड लगानी रहेको छ । दियालो फूड ल्याण्ड कालिकानगरका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठका अनुसार यो शाखामा ८ सय जना क्षमताको वातानुकुलित व्याङ्क्विट हल, ५० जना क्षमताको ३ वटा वातानुकुलित मिटिङ हल, रेष्टुरेन्ट, खुल्ला पार्किङ, गार्डेन, चिल्ड्रेन जोन रहेको छ । त्यस्तै २ हजार ५ सय जनासम्मको विवाह लगायतका पाटीका कार्यक्रम गर्न सकिने प्रवन्ध निर्देशक शंकर न्यौपाने बताए । यसले हाल ४० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

काठमाण्डौको बसुन्धरामा सन् २०११ मा पहिलो शाखा स्थापना गरिएको दियालो फूडल्याण्डको योसंगै पाँच वटा शाखा पुगेको छ । त्यस्तै काठमाण्डौंकै सेजपत्ती, चितवन, बुटवल मिलनचोक र कालिकानगरमा समेत गरी पाँचौ शाखा पुगेको दियालो फूडल्याण्ड काठमाण्डौंका अध्यक्ष माधव पाण्डेले बताए । उनका अनुसार दियालो फूडल्याण्डका देशभरका पाँच शाखामा १ अर्ब बढी लगानी भएको छ । त्यस्तै तीन सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।