ताजा अपडेट »

नेपाल प्रहरी श्रीमति संघद्वारा बुटवलमा स्वास्थ्य शिविर

मंगलबार, २० चैत्र २०८०, १५ : ४६
112 Shares

बुटवल । नेपाल प्रहरी श्रीमति संघले बुटवलमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । मंगलबार बुटवल १२ मुक्तिनाथ धाममा नेपाल प्रहरी श्रीमति संघ लुम्बिनी प्रदेशको आयोजना, इलाका प्रहरी कार्यालय बुटवलको सहकार्य र तिनाउ इन्टरनेशल हस्पिटलको प्राविधिक सहयोग स्वास्थ्य शिविर कार्यक्रम भएको हो ।

शिविरको तिलोत्तमा इन्टरनेशल हस्पिटलका डा. योग्रेन्द्र अग्रहरीको नेतृत्व भएको थियो भने शिविरमा शयौँ जनाले स्वास्थ्य चेकचाँच गरेको नेपाल प्रहरी श्रीमति संघकी लुम्बिनी अध्यक्ष निलम बस्नेत कठ्यातले बताइन् ।    कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमति संघकी अध्यक्ष लक्ष्मी कुँवरले स्वास्थ्य शिविरबाट विभिन्न स्वास्थ्य सम्बन्धि समस्या पहिचान भई स्वास्थ्य उपचार प्राप्त थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

यस्तै इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख डिएसपी विजयराज पण्डितले मानिसको सबै भन्दा ठूलो धन स्वास्थ्य भएकाले आफ्नो स्वास्थ्यमा सबैले विशेष ध्यान दिनु पर्ने बताए । साथै मुक्तिनाथ धामका अध्यक्ष बाबुराम महतले नेपाल प्रहरी श्रीमति संघले मुक्तिनाथ धाममा स्वास्थ्य शिविरको आयोजना गरेकोमा धन्यवाद दिएका थिए । 

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले निस्वार्थ रूपमा सेवा दिन र स्वास्थ्य शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विशेषज्ञ चिकित्सक तथा प्राविधिकलाई प्रशंसापत्र प्रदान गरेकी थिइन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।