ताजा अपडेट »

बागमती र सुदूरपश्चिममा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने

सोमबार, १९ चैत्र २०८०, १६ : १६
100 Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ ।नयाँ सत्ता समीकरण दलका शिर्ष नेताहरुबीच एकीकृत समाजवादीलाई सुदूरपश्चिममा तत्काल र बागमतीमा पालैपालो मुख्यमन्त्री दिने सहमति भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आजको बैठकमा विश्वासको मत लिदै छन् । ११० सदस्य रहेको बागमती प्रदेशमा विश्वासको मत लिन ५६ मत आवश्यक पर्दछ । बागमतीमा सत्ता समीकरण दल एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद रहेका छन् । 

त्यसैगरी ५२ सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १८, माओवादीकेन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ७, एकीकृत समाजवादी ४ र राप्रपा र स्वतन्त्र २ सांसद छन् ।सुदूरपश्चिममा नाउपामा सरकारलाई समर्थन गर्ने विषयमा विवाद रहेको छ । त्यसैले सरकार परिवर्तन गर्न सजिलो भने देखिएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।