ताजा अपडेट »

मोटरसाइकल एक आपासमा ठाेक्किदा रौतहटमा २५ बर्षीय युवकको मृत्यु

आइतबार, १८ चैत्र २०८०, ११ : १३
52 Shares

राैतहट । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाकाे मृत्यु भएकाे छ ।  यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन ।  आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप्प उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उनकाे निधन भएको प्रहरीले जनाएकाे छ ।

रौतहटको हुलाकी राजमार्गमा बौधिमाई नपा ४ इनर्वारीका  २५ बर्षीय सुरेश पासवान र परोहा नपा जिगडवा निवासी अलियासको मोटरसाइकल एक आपसमा ठक्कर दिदा ठूलो दुर्घटना भएको थियो  । दुर्घटना हुँदा खेरी नै बौधीमाई न.पा वडा नं ४ निवासी सुरेश पासवानको अवस्था निकै कमजोर रहेको हुँदा थप उपचारको लागि वीरगंज पठाइएको थियो । तर, अस्पतालले उनलाइ मृतक घाेषणा गरेका थिए ।

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।