ताजा अपडेट »

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी-२० खेल हुदै

शनिबार, १७ चैत्र २०८०, ०६ : २९
30 Shares

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो । 

यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको नयाँ तालिका अनुसार शुक्रबार पहिलो खेल भएको थियो ।नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।