ताजा अपडेट »

बागेश्वरी संगीतालयले रजत जयन्ती विविधि कार्यक्रम गरी मनाउने

शुक्रबार, १६ चैत्र २०८०, १४ : १६
66 Shares

बुटवल । बागेश्वरी संगीतालयले रजत जयन्ती विविधि कार्यक्रम गरी मनाउने भएको छ । यस क्षेत्रकै सबै भन्दा पुरानो वागेश्वरी कला तथा संङ्गीत एकेडेमीले  आफ्नो स्थापनाको २५ औँ वर्ष पुगेको अवसरमा बैशाख ८ गते विविध कार्यक्रम गरि मनाउन लागेको हो । 

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी संगीतालयले सो कार्यक्रममा चर्चित बाँसुरी वादक नगेन्द्र विक्रम राई, युवा नृत्य वादक निमेश कपोलीको विशेष प्रस्तुती रहने जानकारी गराएको छ । यस्तै भरत नाटयमका कलाकार युवराज गुरुङको शास्तीय नृत्य, विशाल भट्टराईको थुपद गायनको प्रस्तुती र पण्डित डा. शरदमणि त्रिपादी लगायतको सहभागिता रहने संचालक श्रेष्ठले जानकारी दिइन् । 

स्थापनाको २५ औँ वर्षसम्म आइपुग्दा संगीतायले धेरै राष्ट्रिय कलाकारहरु उत्पादन गरेको गरेको संचालक श्रेष्ठले बताइन् । ‘हामीले स्थापनाको २५ औँ वर्षसम्म आइपुग्दा यहाँबाट धेरै राष्ट्रिय कलाकारहरु उत्पादन भएका छन् । यो नै हाम्रो लागि सबै भन्दा ठूलो खुशिको कुरा हो ।’–उनले भनिन् । 

यस्तै रजत जयन्ती कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकार र संगीतालयले उत्पादन गरेको कलाकारहरुको पनि प्रस्तुति रहेने व्यवस्थापक दावा शेर्पाले बताए । ललितकलाका गायन, वादक र नृत्य विधा सिक्ने र सिकाउने थलोको रुपमा बुटवल क्षेत्रको अग्रणी संस्थाको रुपमा आफु्हरु रहेको र आगामी दिनमा अझ बढी प्रभावकारी गराउने दावी गरे ।  तिलोत्तमाको मणिग्राममा वागेश्वरीको शाखा समेत संचालनमा रहेको छ । संगितालयमा १६ जना कर्मचारीले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।