ताजा अपडेट »

पूर्व मन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना

विहीबार, १५ चैत्र २०८०, ०९ : ५५
184 Shares
विहीबार, १५ चैत्र २०८०
184 Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व मन्त्री नेता टोपबहादुर रायमाझी अस्पताल भर्ना भएको छन् । उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ। हाल उनलाई चिकित्सकको निगरानीमा राखिएको छ।

नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उनको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले उनलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए।

उनलाई आज बिहान ८ः३० मा अस्पताल लगिएको र मिनि हर्टअट्याक भएको बताइएको छ भने पल्स घट्ने तथा रक्तचाप घट्ने बढ्ने भइरहेको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।