ताजा अपडेट »

पश्चिमी र स्थानीय वायुको प्रभाव : अझै केही दिन वर्षाको सम्भावना

विहीबार, १५ चैत्र २०८०, ०६ : ३८
380 Shares

काठमाण्डौ । पश्चिमी वायुको प्रभावले पछिल्लो केही दिनयता देशका विभिन्न जिल्लाहरुमा वर्षा हुने क्रम जारी रहेको छ । यसैबीच
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको कालिखोलामा ५१ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५० मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, चितवन, गोरखा लगायतका जिल्लाहरुमा रातिदेखि पानी परेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आज दिउँसो पनि कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पश्चिमका केही ठाउँमा पनि पानी पर्न सक्ने उनले बताइन् । अझै तीन दिनसम्म देशभर बदली र धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अघिल्लो हप्ताको बुधवारदेखि नै वर्षा र बदली भैरहेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।