ताजा अपडेट »

इक्यान रुपन्देहीद्वारा युके अध्ययनका लागि शैक्षिक परामर्श सम्बन्धी तालिम

बुधबार, १४ चैत्र २०८०, १९ : ११
156 Shares
बुधबार, १४ चैत्र २०८०
156 Shares

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले आफ्नो संस्थामा आवद्ध रहेका ३६ वटा शैक्षिक परामर्श व्यवसायीलाई बुधवार बुटवलमा १ दिने अभिमुखिकरण सम्पन्न गरेको छ । सञ्चालक तथा शैक्षिक परामर्शदातालाई युके अध्ययन गर्न पठाउने विद्यार्थीहरुको भाषा परीक्षा, डकुमेन्टेसन र प्रोसेसिङ लगायतमा क्षमता अभिबुद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको इक्यान रुपन्देही सदस्य एवम् कार्यक्रम संयोजक अर्जुन पौडेलले बताए ।

अभिमुखिकरणमा इक्यान केन्द्रका सहकोषाध्यक्ष तथा तालिम संयोजक बिकल्पराज पोख्रेल, युके विभाग प्रमुख साधना बुडासैनी, बि.पि.पि. युनिर्भसिटीका प्रतिनिधी डा. दिपक खड्का लगायतले सहजिकरण गरेका थिए । समापन कार्यक्रममा इक्यान केन्द्रका सहकोषाध्यक्ष तथा तालिम संयोजक बिकल्पराज पोख्रेलले केन्द्रले विभिन्न शाखाका शैक्षिक परामर्श व्यवसायीलाई दक्ष बनाउने उद्देश्यले अभियान जारी राखेको बताए । उनले तालिमको सहि सदुपयोग गर्न आग्रह पनि गरे ।

कार्यक्रममा इक्यान केन्द्रकी युके विभाग प्रमुख साधना बुडासैनी, युके विभाग सदस्य उद्दव बन, अन युडि इभेन्ट्स म्यानेजम्यान्टका प्रमुख रवि झा, बि.पि.पि. युनिर्भसिटीका प्रतिनिधी डा. दिपक खड्का, लगायतले उच्च शिक्षा हासिलको लागि युके अध्ययन गर्न जाने विद्यार्थीलाई काउन्सिल गर्दा कसरी सहि तरिकाले सिकाउने भन्ने बारेमा आफू पहिला दक्ष हुनुपर्ने बताए । सहि किसिमको परामर्शले गर्दा विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा सहजिकरण हुने हुनाले विभिन्न तालिमहरु गर्दा सहि परामर्श दिन सक्ने पुर्ण योग्य हुने कुरामा प्राथमित्ता दिए ।

इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष राजेश पाण्डेको स्वागत र सचिव गोविन्द बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।