ताजा अपडेट »

आज तराई तथा मधेशमा होली पर्व मनाँदै

सोमबार, १२ चैत्र २०८०, ०३ : ३९
76 Shares
सोमबार, १२ चैत्र २०८०
76 Shares

बुटवल । देशको तराई-मधेस क्षेत्रमा आज होली पर्व मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व तराई-मधेसमा भने प्रतिपदाका दिन मनाउने चलन छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागु पर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचिन परम्परा रहेको छ । शक्तिको दुरुपयोग गर्ने प्रवृतिकी प्रतिक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

आइतबार काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा उत्साह र उमङ्गका साथ होली मनाइयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।