ताजा अपडेट »

इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी

शनिबार, १० चैत्र २०८०, १८ : २०
72 Shares
शनिबार, १० चैत्र २०८०
72 Shares

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले शैक्षिक परामर्श सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । शनिवार बुटवलमा इक्यान केन्द्रको सहकार्यमा इक्यान रुपन्देहीमा आवद्ध रहेका शैक्षिक परामर्श व्यवसायीलाई  अमेरिकामा उचच शिक्षा आर्जन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा कसरी दिने तथा प्रोसेसिङ सम्बन्धी  १ दिने कार्यशाला सम्पन्न गरिएकोे कार्यक्रम संयोजक उपेन्द्र यादवले जानकारी दिए।

कार्यशाला गोष्ठिमा इक्यानकी केन्दीय सदस्य तथा अमेरिका डिपार्ट प्रमुख उमा खड्का पाठक, युनिर्भसिटिका पुर्व एसिया तथा नेपाल म्यानेजर सुवास थापा र उषा श्रेष्ठले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा इक्यानकी केन्दीय सदस्य  तथा युएसए डिपार्ट प्रमुख उमा खड्का पाठक, युनिर्भसिटिका पुर्व एसिया तथा नेपाल म्यानेजर सुवास थापा र उषा श्रेष्ठ इक्यान रुपन्देहीका निबर्तमान अध्यक्ष देवबहादुर कुँवर लगायतले शुभकामना दिदै कार्यशाला गोष्ठिमा सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्न सुझाव दिए ।


इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष राजेश पाण्डेको स्वागत र सचिव गोविन्द बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।