ताजा अपडेट »

मैथिली समाजद्वारा बुटवलमा होली मिलन कार्यक्रम

शनिबार, १० चैत्र २०८०, १६ : ५४
174 Shares
शनिबार, १० चैत्र २०८०
174 Shares

बुटवल । मैथी समाज रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । रङ्गहरुको पर्व होलीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले मैथिली समाज इतिहासमा राजा जनकको पालादेखि नै कला सँस्कृति धनी समाज परिचित रहेको उल्लेख गरे ।

पहाडी समुदायले दशैं तिहारलाई महत्व दिएजस्तै मिथिला क्षेत्रमा होलीको ठूलो महत्व र परम्परा रहेकाले यसलाई संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । मैथिली भाषा, सभ्यता र सँस्कृति बारे नयाँ पुस्तालाई जानकारी गराउन समय-समयमा प्रदर्शनी, तथा प्रचार-प्रसारमा जोड दिँदै नगर प्रमुख यसका लागि बुटवल उपमहानगरले आवश्यक बजेटको व्यवस्था गर्ने समेत प्रतिवद्धता गरे । मेची, कोसी तथा मधेश प्रदेशमा घर भई हाल रुपन्देहीसहित नवलपरासी तथा कपिलवस्तुमा विभिन्न पेसा-व्यवसाय गर्ने मैथिली समुदायको उपस्थितीमा होली मिलन कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा बोल्दै मैथिली समाज रुपन्देहीका अध्यक्ष उदयकुमार सिंह, उपाध्यक्ष रिता कुमारी शाह, सचिव मनोज कुमार मण्डल तथा मैथिली समाजका अगुवा विजय कुमार झा लगायतले बोल्दै भाषा सँस्कृति र सभ्यताले एकताको शुत्रमा बाँधेर राख्न सफल भएको उल्लेख गरे । होली रङ्गहरुको पर्वमात्र नभई असत्यमाथि सत्यको जित र सबैसँग आत्मीय सम्बन्ध कायम गर्ने प्रतिकको रुपमा रहेको उनिहरुले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।