ताजा अपडेट »

तिलोत्तमामा आजदेखि छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु-१९ क्रिकेट

शनिबार, १० चैत्र २०८०, १० : २६
176 Shares

बुटवल । नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले आफ्नो बुबाको नामबाट सुरु गरेको अन्डर १९ क्रिकेट प्रतियोगिताको छैटौं संस्करण आजदेखि सुरु भएको छ । प्रतियोगिताको पाचौं संस्करणसम्म रुपन्देही जिल्लाका क्लब तथा एकेडेमीहरुको सहभागितामा आयोजना गर्दै आएको प्रतियोगितालाई यस संस्करणबाट रुपन्देही जिल्लाभन्दा बाहिरबाट पनि  क्लब सहभागी गराइएको छ ।

गौचनले सञ्चालन गर्दै आएको स्टार क्रिकेट एकेडेमीको आयोजना तथा क्रिकेट एशोसिएशन अफ रुपन्देहीको सहकार्यमा हुन लागेको प्रतियोगितामा पहिलो चरणका खेल लिगका आधारमा हुने छन् । प्रतियोगिता भर्खरै निमार्ण गरिएको अन्तर्राष्ट्रिय एस्क्ट्राटेक ओवल क्रिकेट मैदानमा आयोजना गरिएको छ ।

प्रतियोगितामा रुपन्देहीका ४ तथा अन्य जिल्लाका ४ गरि ८ टोली सहभागी छन् ।  समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, वेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसिएशन अफ कास्की, डिसिए धनगढी र न्यू होराईजन स्पोर्ट्स क्लब  छन् ।

तिलोत्तमा नगरको एस्क्ट्राटेक ओभेल क्रिकेट मैदानमा लिग चरणका खेलहरु २५ ओभर तथा सेमिफाइनल र फाइनल खेल ४० ओभरको हुने छन् । प्रतियोगिताको विजता टोलीले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।