ताजा अपडेट »

उत्कृष्ट निर्जीवन बीमक अवार्ड सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लाई

शनिबार, १० चैत्र २०८०, ०८ : १५
76 Shares

काठमाडौं । निर्जीवन बीमा कंपनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लि. उत्कृष्ट निर्जीवन बीमक अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रा.लि.ले आयोजना गरेको आठौं  न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस्–२०२४  समारोहमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ‘वेष्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स कम्पनी उपाधीबाट सम्मानित भएको हो ।होटल सोल्टीमा शुक्रबार साँझ आयोजित सम्मान समारोहका अवसरमा आयोजक संस्थाको तर्फबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बजारिकरण प्रमुख रामजी ढकाललाई अवार्ड हस्तान्तरण गरिएको थियो ।

न्यु बिजनेश एज प्रालिका अनुसार स्वतन्त्र निर्णायकहरुले आर्थिक वर्ष २०७९÷८० सम्मको वार्षिक साधारण सभा सम्पन्न गरि सकेका सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमध्ये खुद नाफा, खुद सम्पत्ती, सकृय बीमालेख, दाबी आवेदन दर्ता र दाबी भुक्तानीको अनुपात, दाबी भुक्तानी गर्न बाँकी रकम, नियामकीय कारवाहीको अवस्था, लघु  तथा कृषी बीमाको कूल बीमाङ्क रकमको आधारमा निर्जीवन बीमा कम्पनीहरुबीच प्रतिस्पर्धाका लागि मूल्याङ्कन गरेका थिए । यी मूल्याङ्कनका आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अब्बल ठहरिएकाले उत्कृष्ट निर्जीवन बीमा कम्पनीको उपाधि प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।