ताजा अपडेट »

गौतमबुद्ध विमानस्थल अगाडि दुर्घटना, मालपोत कार्यालय प्रमुख रावतको मृत्यु

सोमबार, ०५ चैत्र २०८०, ०९ : ०६
3.32K Shares

बुटवल । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आइतबार साँझ भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ । सडक दुर्घटनामा रुपन्देहीको मझगांवा मालपोत कार्यालय प्रमुख तिलक रावतले ज्यान गुमाएका हुन् ।

भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नंम्बरको कारले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल अगाडि रावत सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिँदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवा लुम्बिनी सडक खण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गरेको रावत चढेको मोटरसाइकल र भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको कार विमानस्थल गेट अगाडि सडकमा ठोक्किएका थिए । ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।