ताजा अपडेट »

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठक बुटवलमा सम्पन्न

आइतबार, १३ फागुन २०८०, २० : ५८
40 Shares

बुटवल । राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमिटिको प्रथम पूर्ण बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले विभिन्न विभागहरुको प्रमुख तथा उपप्रमुख मनोनित गर्नुका साथै विभिन्न प्रस्तावहरुमाथि छलफलसहित निर्णय गरेको छ ।

नेकपाए एमाले लुम्बिनी प्रदेश कार्यालय बुटवल स्थित पुष्पलाल स्मृति भवनमा सम्पन्न बैठकले राष्ट्रिय युवा संघको प्रदेश कमिटीलाई पूर्णता दिँदै विभिन्न विभागहरू समेत गठन गरेको हो। जसमा प्रचार विभाग प्रमुखमा कृष्णप्रसाद पाण्डे (अर्घाखाँची), युवा बिज्ञ परिसद प्रमुखमा राजेश भट्टराइ (पाल्पा), संगठन विभाग प्रमुखमा रविशंकर वर्मा (बांके) उप प्रमुख चन्द्र प्रसाद पन्थ (गुल्मी) महिला विभाग प्रमुखमा पार्वता भुसाल पाण्डे (अर्घाखाँची), सचिवमा अनिशा पौडेल (रुपन्देही), युथफोर्स विभाग प्रमुखमा मनोज थापा (रुपन्देही) उप प्रमुख लिल राना लोके (रुपन्देही), साइबर सर्कल विभाग प्रमुखमा शंकर पाण्डे (रुपन्देही) उप प्रमुखमा अभिनभ भुसाल (अर्घाखाँची), खेलकुद विभाग प्रमुखमा दिपक के. सी (दाङ्ग), स्वयंसेवा विभाग प्रमुखमा राकेश बुढाथोकी गोल्डेन (दाङ्ग), उप प्रमुख प्रकाश पौडेल (अर्घाखाँची) रहेका छन् ।

यसैगरी राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिको निर्देशन अनुसार भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा राहत तथा पुनःनिर्माणमा सहभागी भएका टोलीलाई बधाई तथा सम्मान व्यक्त गरिएको थियो । केन्द्रीय कमिटीको निर्देशन बमोजिम सातै प्रदेश सातै दिन भन्ने बृहत युवाभेला तथा विरोध प्रदर्शन चैत्रको दोस्रो साता गर्ने निर्णय समेत गरेको छ। बैठकले अधिवेशन गर्नुपर्ने जिल्ला कपिलवस्तु, पाल्पा र गुल्मीको अधिवेशन चैत मसान्त भित्र सम्पन्न गरिसक्ने साथै बाँकी जिल्लाहरुलाई चैत १५ गते भित्र जिल्लाको पूर्ण बैठक आयोजना गर्न समेत  निर्देशन दिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटिलाई पूर्णता दिन सदस्य नियुक्त गरेको छ । राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष  सुरज खरेलको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा युवा  संघका केन्द्रीय ईन्चार्ज महेश वस्नेतको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।