ताजा अपडेट »

नेदरल्याण्डससँग नेपाल पराजित

आइतबार, १३ फागुन २०८०, १६ : ००
100 Shares

काठमाडौँ। नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा नेपालले नेदरल्याण्डससँगको दोस्रो खेलमा ८ विकेटको हार बेहोरेको हो ।नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ३७.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रन मात्र बनाएको थियो ।

योसँगै यस सिरिजमा नामिबियाले ४ खेलमा ३ जितसहित ६ अंक हासिल गरेर सिरिज जितेको छ भने नेदरल्याण्डसले ४ खेलमा २ खेल जितेर ४ अंक हासिल गरेको छ । त्यसैगरी नेपालले भने ४ खेलमा केवल एक खेल मात्र जितेर २ अंक हासिल गरको छ ।लिग-२ को यो सिरिज सकिएसँगै अब नेपाल, नेदरल्याण्डस र नामिबियाले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने छन् । सिरिजको पहिलो खेल फेब्रुअरी २७ मंगलबार टियु मैदानमा नेपाल र नामिबिया खेल्दै छन् ।त्यसैगरी नेपालले अब आइसीसी क्रिकेट विश्वकप लिग-२ मा अर्को सिरिज आगामी सेप्टेम्बरमा क्यानडामा क्यानडासहित ओमानसँग खेल्ने तालिका छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।