ताजा अपडेट »

केपी ओली कप फुटबलमा आज दुई खेल हुँदै

आइतबार, १३ फागुन २०८०, ०७ : ०६
38 Shares

काठमाडौं । जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन । आज पहिलो खेल बिहान ११ः३०  बजेदेखि एनआरटी र थ्रीस्टार क्लब बीच हुने छ । यो खेल एन्फा कम्लेक्समा हुने छ । त्यसैगरी आज दोस्रो खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुने छ । यो खेल पनि एन्फा कम्लेक्समा अपराहन्न ३ बजेदेखि सुरू हुनेछ ।

यस अघि शुक्रबार सम्पन्न उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइजलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । अब केपी ओली एफसीले अर्को खेल जावलाखेल युथ क्लबसँग खेल्नेछ ।
 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।