ताजा अपडेट »

सामुदायिक वन समन्वय समिति तिनाउ र विश्व वन्यजन्तु कोष विच छलफल

शुक्रबार, ११ फागुन २०८०, १० : ३५
86 Shares
शुक्रबार, ११ फागुन २०८०
86 Shares

बुटवल । सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पा र विश्व वन्यजन्तु कोष नेपालका बीच संस्थागत विकास र समन्वय समितिले गरेका गतिविधिहरुका बारेमा छलफल कार्यक्रम विहिवार दोभानमा सम्पन्न भएको छ । 

समितिका अध्यक्ष दलबहादुर गुरुङले वन,वातावरण र जैविक विविधता संरक्षणका क्षेत्रमा समितिले गर्दै आएका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । उनले तिनाउ क्षेत्रमा रहेका सामुदायिक वनले आम्दानी वृद्धिका लागि वनउद्यम र कृषिउद्यममा जोड दिदै गएको बताए । 

विश्व वन्यजन्तु कोष(नेपालको टोली प्रमुख अनन्त भण्डारीको नेतृत्वमा आएको टोलीले समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङ,वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेय, महासचिव गणेश रास्कोटीसँग सामुदायिक वन समन्वय समिति,तिनाउले सुरु गरेको वातावरणीय सेवा भुक्तानी,दालचिनी खेती,प्रवर्द्धनप्रति चासो राखेको छ र आगामी दिनमा समन्वय र सहकार्यका लागि हातेमालो गर्ने सहमति गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।