ताजा अपडेट »

नागरिक पहिलो अभियानको लुम्बिनी घाेषणासभा दाङमा हुने

विहीबार, १० फागुन २०८०, १३ : ४१
334 Shares
विहीबार, १० फागुन २०८०
334 Shares

बुटवल। नागरिक पहिलो अभियान ,नेपालले आगामी फाल्गुन २१ गतेका दिन नागरिक पहिलो लुम्बिनी घाेषणा सभा तथा प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम दाङ्गकाे लमही मा गर्ने भएको छ ।

उक्त कार्यक्रममा अभियानका केन्द्रीय अभियान्ता - डम्बर खतिवडा, केसब दहाल ,मुमाराम खनाल, प्रशान्त सिंह ,सुरेन्द्र चाैधरी, असाेक श्रेष्ठ लगाएतले संबाेधन गर्ने कार्यक्रम रहेको अभियानको लुम्बिनी प्रदेश कार्यालयले जानकारी दिएको छ । नागरिक पहिलो अभियान, नेपालले गत हप्ता काेशी प्रदेश र मधेस प्रदेशको घाेषणा सभा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।