ताजा अपडेट »

गठबन्धन फालेर देशले नयाँ कोर्स खोजेको छ : झलनाथ

बुधबार, ०९ फागुन २०८०, १६ : ३४
66 Shares
बुधबार, ०९ फागुन २०८०
66 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको बृहत् असन्तुष्टि रहेको बताएका छन्। बुधबार झापामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको जिकिर गरे। उनले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए।

उनले देशले नयाँ कोर्सको माग गरिरहेको बताए। उनले देशका आमजनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरे।उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको बताए। उनले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताए। उद्योगबाट आउने राजस्व देशमा वि.सं. १९९५ को भन्दा कम रहेको बताए। सो बेलामा नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भए पनि अहिले ५ प्रतिशतभन्दा कम रहेको बताए।

उनले भने, ‘देशले नयाँ कोर्सको माग गरिरहेको छ। देशका आमजनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ। त्यो माग अहिले सर्वत्र व्याप्त छ। सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ। यसले जनतालाई छोएकै छैन। सरकारले जुन बजेट ल्याएको छ, यसले जनतालाई छोएको छैन। हाम्रा दुईजना मन्त्रीहरु हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु?'पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरु विदेश पलायन भइरहेको बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।