ताजा अपडेट »

तिनाउको झिगामारास्थित सरस्वती विद्यालयमा खेल सप्ताह सम्पन्न

मंगलबार, ०८ फागुन २०८०, ०९ : ०६
84 Shares

 तिनाउ । पाल्पाको तिनाउ-१ झिगामारामा अवस्थित सरस्वती आधारभूल विद्यालयमा खेल सप्ताह तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी तथा अभिभावहरु बीच विभिन्न प्रतियोगिता आयोजना गरिएको थियो ।  

दिवसका अवसरमा गरिव तथा जेहन्दार विद्यार्थीलाई छात्रावृत्ति वितरण समेत गरिएको प्रधानाध्यापक सुरज कार्कीले जानकारी दिए । खेल सप्ताह अन्तरगत विद्यार्थी बीच बौद्धिक क्षमता परीक्षण, हाजिरी जबाफ, चम्चा दौड, तीत खुट्टे दौड, बेलुन नाच तथा एथलेटिक्सतर्फ दौड प्रतियोगिता, हाई जम्प, लङ जम्प लगायतका प्रतियोगिता गरिएको थियो । यसैगरी अभिभाबकहरु बीच घैटो फोड, कुर्सी दौड लगायतका प्रतियोगिता गरिएको थियो । 

कार्यक्रमको अवसरमा बोल्दै तिनाउ-१ का वडासदस्य यमबहादुर घर्तीले विद्यार्थीको सर्वाङ्गीण बिकासका लागि खेलकुद गतिविधीले टेवा पुग्ने बताए । यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मर तरामु, समाजसेवी कृष्ण खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमा घर्ती लगायतले बोल्दै बालबालिकाको बिकास र शैक्षित प्रगतीका लागि अतिरिक्त क्रियाकलापहरुलाई निरन्तरता दिन आग्रह गरे । विद्यालयकी शिक्षिका सिर्जना पोख्रेलको स्वागत तथा शिक्षक सम्मर खड्काको सञ्चालनमा भएको मूल समारोह कार्यक्रममा विद्यालयको वार्षिक शैक्षित प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।